info@ithome.com.np +977 9841549777

विश्व मूर्ख दिवसः हास्य, व्यंग्य र आत्मचिन्तनको अवसर

source Digitalpati २०८१ चैत्र २२ गते , शुक्रबार
0
Shares
Facebook Twitter Share

 

प्रत्येक वर्ष एप्रिल १ मा मनाइने विश्व मूर्ख दिवस (April Fool’s Day) लाई धेरैले केवल रमाइलो गर्ने, झुक्याउने र ठट्टा गर्ने अवसरका रूपमा लिन्छन्। तर, गहिरिएर सोच्ने हो भने, यस दिवसले मानिसलाई हँसाउने मात्र होइन, आत्मविश्लेषण गर्ने अवसर पनि दिन्छ।
मूर्ख दिवसको सारांश नै हास्य हो। हाँसोले हाम्रो मानसिक तनाव घटाउँछ, जीवनलाई हलुका बनाउँछ, र समाजमा सकारात्मक ऊर्जा प्रवाह गर्छ। स्वस्थ समाजको निर्माणका लागि व्यंग्य र हास्य आवश्यक हुन्छ, जसले राजनीतिक, सामाजिक र सांस्कृतिक क्षेत्रका विसंगतिहरूलाई उजागर गर्ने माध्यम प्रदान गर्छ।
मूर्ख दिवसले हामीलाई एउटा गहिरो सन्देश दिनुको साथै हामीले कहिलेकाहीं आफूलाई पनि मूर्ख ठान्न सक्नुपर्छ। जबसम्म हामी आफ्नो कमजोरी स्वीकार्न सक्दैनौं, तबसम्म सुधार सम्भव हुँदैन। मूर्ख दिवस केवल अरूलाई झुक्याउने होइन, बरु आफ्ना भुलहरू पहिचान गर्ने र आफूलाई सुधार्ने अवसर पनि हो।
आजको समाजमा हामीले मूर्खता भनी ठट्टा गर्ने गतिविधिहरू यथार्थमै बारम्बार दोहोरिरहन्छन्। जसरी बिना प्रमाण अफवाह फैलाउने र सामाजिक सञ्जालमा गलत सूचना सेयर गर्ने।
वैज्ञानिक सोचलाई पछाडि पार्दै गैर–तर्कसंगत विचारलाई स्वीकार गर्ने।
नेताहरूले जति नै झूट बोले पनि फेरि–फेरि विश्वास गर्ने प्रवृत्ति देख्दा लाग्छ, मूर्ख दिवस त वर्षभरि नै मनाइरहेका छौँ!
विश्व मूर्ख दिवस केवल रमाइलोका लागि सीमित गर्नुहुँदैन। यो हास्य, आत्मचिन्तन, यथार्थबोध र मूर्खताविरुद्ध सचेतनाको दिवस बन्नुपर्छ।
हामी सबै कहिलेकाहीं मूर्ख बनिन्छौं, तर मूर्खतालाई स्वीकारेर सुधार गर्न सक्नु नै सच्चा बौद्धिकता हो।
मुर्ख दिवसको सबैलाई शुभकामनाकोे साथै ‘मूर्ख नबन्ने संकल्पका साथ मूर्ख दिवस मनाऔं!’ 

प्रतिक्रिया

सम्बन्धित समाचार

हालको समाचार