info@ithome.com.np +977 9841549777

 सप्तरीमा सवारी दुर्घटना, एक जनाको मृत्यु

source Digitalpati २०८१ चैत्र २२ गते , शुक्रबार
0
Shares
Facebook Twitter Share


लिलाकान्त यादव, 
राजविराज, १४ चैत्र ।
 सप्तरी जिल्लाको कञ्चनरुप नगरपालिका–१० बदगामा स्थित पूर्व–पश्चिम राजमार्गमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अर्का घाइते भएका छन्।
मंगलबार राति करिब १०ः४० बजे भारदहबाट कञ्चनपुरतर्फ जाँदै गरेको प्रदेश २–०२–०१६ प १२५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकको छेउमा पल्टिएर दुर्घटनाग्रस्त भएको हो।
मोटरसाइकल चालक सप्तरी, कञ्चनरुप नगरपालिका–१२ रुपनगरका २७ वर्षीय बिक्रम बञ्जरा र पछाडि सवार सप्तरी, रुपनी गाउँपालिका–४ निवासी ३४ वर्षीय सन्तोष इसर दुर्घटनामा गम्भीर घाइते भएका थिए।
दुर्घटनाको खबर पाउनेबित्तिकै इलाका प्रहरी कार्यालय कञ्चनपुरबाट प्रहरी निरीक्षकको कमाण्डमा टोली खटिएको थियो। घाइते दुबै जनालाई उपचारका लागि विराटनगरस्थित नोबेल अस्पताल लगिएको थियो।
तर, चैत १४ गते राति १२ः२० बजे उपचारको क्रममा बिक्रम बञ्जराको मृत्यु भएको अस्पताल प्रशासनले जानकारी गराएको छ। अर्का घाइते सन्तोष इसरको उपचार जारी छ।
प्रहरीले दुर्घटनाको थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

हालको समाचार