info@ithome.com.np +977 9841549777

‘इन्भेष्टमेन्ट गुरु’ शेयर शिक्षा दिन औपचारिक रूपमा सञ्चालनमा

source Digitalpati २०८२ असार ८ गते , आइतबार
0
Shares
Facebook Twitter Share

ईमधेश न्यूज सम्वाददाता,
काठमाडौं, ०८ असार ।
 नेपाली नागरिकलाई शेयर बजारसम्बन्धी ज्ञान प्रदान गर्ने उद्देश्यसहित ‘इन्भेष्टमेन्ट गुरु’ नामक संस्था शनिबारदेखि औपचारिक रूपमा सञ्चालनमा आएको छ।
काठमाडौंमा आयोजित एक कार्यक्रमबीच लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले दीप प्रज्वलन गरी तथा चार्टर्ड एकाउन्टेन्ट तथा वित्तीय विश्लेषक अनुपमा संग्रौलाले रिबन काटेर संस्थाको उद्घाटन गरे।
संग्रौलाले कार्यक्रममार्फत शिक्षित र सचेत लगानीकर्ता तयार पार्न संस्था सक्षम हुने विश्वास व्यक्त गरिन्।
संस्थाका सिइओ अमित झाका अनुसार इन्भेष्टमेन्ट गुरुले नयाँ तथा इच्छुक लगानीकर्तालाई लक्षित गरी शेयर बजारका आधारभूतदेखि उच्च तहसम्मको शिक्षा दिनेछ।
संस्थाले अनलाइन र भौतिक कक्षा दुवै माध्यममार्फत प्रशिक्षण प्रदान गर्नेछ। कार्यालयमा सुविधा सम्पन्न कक्षा कोठा तयार गरिएको छ, जहाँ एकैसाथ दुवै माध्यममा कक्षा सञ्चालन गर्न सकिन्छ।
लगानीका तरिका, जोखिम व्यवस्थापन, बजार विश्लेषण र प्रतिफल मूल्याङ्कन जस्ता विषयमा सेमिनार, प्रशिक्षण र परामर्श सेवा सञ्चालन गरिने बताइएको छ।
निकट भविष्यमा देशभर शाखा विस्तार गर्ने योजनासमेत संस्थाले लिएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

हालको समाचार