info@ithome.com.np +977 9841549777

सञ्चारमाध्यममाथि आक्रमणविरुद्ध सप्तरीमा ज्ञापनपत्र बुझाइयो

source Digitalpati २०८१ चैत्र २२ गते , शुक्रबार
0
Shares
Facebook Twitter Share


लिलाकान्त यादव,
काठमाडौं, १८ चैत्र ।
 काठमाडौंको तीनकुनेमा पत्रकारमाथि भएको आक्रमणको विरोधमा नेपाल पत्रकार महासंघ शाखा सप्तरीले जिल्ला प्रशासन कार्यालयमार्फत सरकारलाई ज्ञापनपत्र बुझाएको छ। महासंघले प्रेस स्वतन्त्रता हननको घटनामा संलग्न दोषीहरूलाई कारबाही गर्न र पीडित पत्रकार तथा सञ्चारगृहलाई क्षतिपूर्ति दिन माग गरेको छ।

 

 
ज्ञापनपत्र बुझाउने क्रममा नेपाल पत्रकार महासंघ सप्तरीका अध्यक्ष श्रवणदेव, सहसचिव कृष्ण मण्डल, वैनाथ झा, मनोहर पोखरेल, पुनम पोखरेल, भुपदेव माली, बृजमान तामाङ, उपाध्यक्ष रामनारायण विश्वास लगायतका पत्रकारहरूको उपस्थिति रहेको थियो।
नेपाल पत्रकार महासंघले पत्रकार सुरेश रजकको हत्या, सञ्चारगृहहरूमा तोडफोड तथा हिंसात्मक घटनाको निष्पक्ष छानबिन गरी दोषीहरूलाई कडा कारबाही गर्नुपर्नेमा जोड दिएको छ। साथै, महासंघले पीडित पत्रकारका परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन र घाइते पत्रकारहरूको उपचारको व्यवस्था गर्न सरकारलाई आग्रह गरेको छ।
महासंघले चेतावनी दिएको छ कि यदि एक साताभित्र माग पूरा नभए, देशव्यापी आन्दोलनको घोषणा गरिनेछ।

प्रतिक्रिया

सम्बन्धित समाचार

हालको समाचार